नेपाल प्रहरीको रासन भत्तामा वृद्धि गर्ने सरकारको निर्णय

बेलौरी, कञ्चनपुर

नेपाल सरकारले नेपाल प्रहरीका कर्मचारीहरूले पाउँदै आएको रासन भत्तामा वृद्धि गर्ने महत्वपूर्ण निर्णय गरेको छ। लामो समयदेखि सुरक्षाकर्मीहरूले महँगीअनुसारको रासन भत्ता पाउनुपर्ने माग गरिरहेका बेला सरकारको यो कदमले सुरक्षा संयन्त्रभित्र सकारात्मक सञ्चार प्रवाह गरेको छ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले देशको सुरक्षा व्यवस्थामा अहोरात्र खटिने सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न वर्तमान बजार मूल्यलाई मध्यनजर गर्दै रासनको दररेट पुनरावलोकन गरेको हो। यो निर्णय आगामी आर्थिक महिनादेखि लागू हुने गरी प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ