कञ्चनपुर प्रहरीको प्रवक्तामा डीएसपी हेमबहादुर शाही, आजै सम्हाले कार्यभार

कञ्चनपुर, माघ १९ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सूचना अधिकारी (प्रवक्ता) को जिम्मेवारी प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीलाई दिइएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार काज सरुवा भई आएका डीएसपी शाहीले सोमबार (आज) देखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.न. ४८६२ मिति २०८२।१०।०४ गतेको पत्रानुसार कञ्चनपुर आइपुगेका शाहीलाई कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्क बहादुर खत्रीले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा एसपी खत्रीले शाहीलाई कार्यालयको प्रवक्ताको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिँदै शान्ति सुरक्षा कायम गर्न र नागरिकसँगको सूचना समन्वयलाई चुस्त बनाउन आवश्यक निर्देशन समेत दिएका छन् ।

नवनियुक्त प्रवक्ता डीएसपी शाही नेपाल प्रहरीका हक्की  स्वभावका अधिकृत मानिन्छन् । एसपी खड्क बहादुर खत्रीको कमाण्डमा रहेको कञ्चनपुर प्रहरीमा शाहीको आगमनले अपराध अनुसन्धान र प्रशासनिक कार्यमा थप उर्जा थपिने विश्वास गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ