इलाम:
इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु बनाएर शनिबार साँझ ५ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार शनिबार साँझ सो क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो।
भूकम्पको झट्का इलामका साथै आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको स्थानीयले बताएका छन्। यद्यपि, भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। सुरक्षा निकायहरूलाई सतर्क रहन र क्षतिको विवरण संकलन गर्न निर्देशन दिइएको सम्बन्धित निकायले जनाएको छ।
यसअघि गत पुस १९ गते पनि उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल भूकम्पीय जोखिमको दृष्टिले संवेदनशील क्षेत्रमा पर्ने भएकाले विज्ञहरूले निरन्तर सतर्कता अपनाउन आग्रह गर्दै आएका छन्।





