नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा भारी मतले निर्वाचित

कञ्चनपुर – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेता गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी मतान्तरका साथ निर्वाचित हुनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा शनिबार बिहान सम्पन्न सभापति पदको मतगणनाको अन्तिम परिणामअनुसार थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले पराजित गर्दै पार्टीको सर्वोच्च कार्यकारी जिम्मेवारी सम्हाल्नुभएको हो।

शुक्रबार सम्पन्न मतदानपछि रातिदेखि नै मतगणना सुरु गरिएको थियो। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार पार्टीको सांगठनिक पुनर्संरचना, नयाँ पुस्ताको सशक्त सहभागिता र समयानुकूल रूपान्तरणको पक्षमा महाधिवेशन प्रतिनिधिहरूले स्पष्ट जनमत प्रकट गरेका छन्। सभापतिको नतिजा घोषणा भएसँगै बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य पदहरूको मतगणना पार्टी केन्द्रीय कार्यालयमा तीव्र रूपमा अघि बढाइएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ