शोभाताल मध्यवर्ती सामुदायिक वनको नेतृत्वमा चंगल चौधरी, १८औं साधारण सभाबाट सर्वसम्मत चयन

बेलौरी (कञ्चनपुर)। कञ्चनपुरको बेलौरी नगरपालिका ५ स्थित शोभाताल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको नेतृत्व सर्वसम्मत रूपमा चंगल चौधरीले पाउनुभएको छ। आईतबार सम्पन्न समूहको १८औं वार्षिक साधारण सभाले चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित यस सामुदायिक वनको संरक्षण र व्यवस्थापनका लागि आयोजित साधारण सभाले आगामी कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। साधारण सभाको बन्द सत्रमा उपस्थित आम उपभोक्ताहरूको भेलाले सर्वसम्मत निर्णय गर्दै अध्यक्ष पदको जिम्मेवारी समाजसेवी चंगल चौधरीलाई सुम्पेको हो। यसअघि समूहको नेतृत्व प्रशु नारायण चौधरीले सम्हाल्दै आउनुभएको थियो।

प्रशु नारायण चौधरीको सभापतित्वमा आयोजित साधारण सभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिका ५ का वडाध्यक्ष लाल बहादुर चौधरी प्रमुख अतिथि रहनुभएको थियो।

नवनिर्वाचित अध्यक्ष चंगल चौधरीले वनको दिगो विकास, पर्यटन प्रवर्द्धन र उपभोक्ताको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्थानीय स्तरमा वन संरक्षण अभियानमा लामो समयदेखि सक्रिय रहनुभएका चौधरीको नेतृत्व चयन भएपछि उपभोक्ताहरूले उत्साह व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ