बेलौरीमा ६ ग्राम खैरो हेरोइनसहित कैलालीका एक पुरुष पक्राउ

बेलौरी, कञ्चनपुर। बैशाख ७

 

कञ्चनपुरको बेलौरी नगरपालिका ७ टेडिया टोलबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका कैलालीका एक पुरुषलाई सोमबार दिउँसो करीब साढे १ बजेको समयमा प्रहरीले शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका १३ राजपुर बस्ने अन्दाजी ४० वर्षीय जियालाल राना रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उपलब्ध गराएको जानकारी अनुसार सीमा क्षेत्रमा निगरानी बढाउने क्रममा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीको कमान्डमा खटिएको प्रहरी टोलीले रानालाई रोकेर रीतपूर्वक जाँच गरेको थियो। त्यस क्रममा उनले आफ्नो बायाँ हातको मुठ्ठीभित्र दुईवटा सेतो प्लास्टिकको पोका बनाई लुकाइछिपाइ राखेको अवस्थामा खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो। प्रहरीका अनुसार बरामद गरिएको उक्त पदार्थको प्लास्टिकसहितको तौल ६ ग्राम २५० मिलिग्राम र शुद्ध तौल ६ ग्राम रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ