कञ्चनपुरको लालझाडीमा बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

बेलौरी, कञ्चनपुर।

इलाका प्रहरी कार्यालय बेलौरीले बाल यौन दुरुपयोग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६, चानदेव बस्ने प्रेम ऐरलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको हो।

जिल्ला अदालत कञ्चनपुरले मिति २०८२ साल पुस ७ गते ऐरलाई बाल यौन दुरुपयोगको कसुरमा दोषी ठहर गर्दै ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। अदालतको उक्त फैसलापछि फरार रहँदै आएका ऐरलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पछिल्लो समय कञ्चनपुर प्रहरीले जिल्लामा विभिन्न मुद्दामा फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ