सुदूरपश्चिम प्रदेश सभाको बैठक आगामी २४ गतेसम्मका लागि स्थगित, बजेट निर्माण प्रक्रिया प्रभावित

धनगढी।

सुदूरपश्चिम प्रदेश सभाको बैठक आगामी २४ गतेसम्मका लागि स्थगित भएको छ। प्रदेश सभा सचिवालयका अनुसार पूर्व निर्धारित कार्यतालिका प्रभावित भएपछि बैठकको मिति पछि सारिएको हो।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले यसअघि बिहीबार बिहान ८ बजेका लागि तय गरिएको बैठक अब २४ गते बिहान ८ बजे बस्ने गरी स्थगित भएको जानकारी दिनुभएको छ।

बैठक स्थगित भएपछि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी समेत थप पछाडि धकेलिएको छ। निर्धारित समयमा बैठक नबस्दा प्रदेशको नीतिगत निर्णय र बजेट निर्माण प्रक्रिया प्रभावित हुने देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ