रगत नालीमा होइन , नाडीमा बगाऔ भन्ने नारा सहित मानव एकता दिवस सम्पन्न भयो 

धनबहादुर बिक ,महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित सन्त निरंकारी मण्डल नेपाल अन्तर्गत महेन्द्रनगर शाखाले मानव एकता दिवस मनाएको छ ।

रगत नालीमा होइन , नाडीमा बगाऔ भन्ने नाराका साथ शनिबार रक्तदान सहित कार्यक्रम गरी दिवस मनाइएको हो ।

शनिबार मण्डलको भवनमा रक्तदान कार्यक्रमपछि बृहत् सतसङ्ग कार्यक्रम गरियो । रत्तदान शिविरिमा सन्त निरंकारी मिशनका सेवादल र आस्थावान २८ जनाले रक्तदान गरे । शिविरबाट २८ पिन्ट रगत संकलन गरिएको छ ।

कार्यक्रममा सत्सङ कार्यक्रमका प्रमुख विचारक तथा कार्यक्रम का सभाअध्यक्ष महात्मा नरबहादुर बिक ले मानव एकता दिवसको बारेमा रक्तदानको महत्व प्रष्ट पारे । उनले सन्त निरन्कारी मिशन कुनै धर्म या सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधारा भएको बताए ।

‘भगवान एक छ सबै मानव ईश्वरका सन्तान हुन भन्दै समाजमा धर्मको नाममा , जाति मझहब सम्प्रदाय र वर्णको विभेद किन भन्नु भयो, आज निरंकारी मिशनले ब्रह्म ज्ञानको माध्यम बाट आध्यात्मिक जागृति गराउदै समानता , मानव एकता , बिश्वभाइचारा को सन्देश दिदै समाजकल्याण को बाटो लिरहेको छ । धर्मग्रन्थ , रामायण , महाभारत , गिता , कुरान बाइबल सबै सास्त्रमा इश्वर एक, रुप अनेक भनेकै छ । फेरि पनि आजको मानव धार्मिक असमानता , जातीय असमानता र वर्ण विभेदको दलदलमानै फसिरहेको छ । त्यसैले मनका भ्रम मेटाउदै भक्तिभावमा लाग्नु जरुरी छ’ उनले भने ।

मानव एकता दिवसका अवसरमा सन्त निरंकारी मण्डल नेपाल ले आयोजना गरेको तथा मण्डल का विभिन्न जिल्लामा सञ्चालन गरिएका रक्तदान मा ११८१ युनिट रगत संकलन गरिएको छ ।

सबैभन्दा बढी कैलाली जिल्लामा – २९० युनिट रगत संकलन गरिएको छ भने जनकपुर धनुषा मा- १३७ काठमाण्डौं मा ११५ स्याङ्जा मा- ६७ दाङ मा- ६२

सप्तरीमा राजविराजमा १८ बिरेन्द्रनगर सुर्खेतमा १०३ कास्कीमा पोखरामा २३ झापामा -३४ विराटनगरमा ३२

सल्यान मा- २८ रोल्पामा५५ पर्सा मा- २० सिराहामा – २५ रुपन्देहीमा २५ बुटवलमा ४० सर्लाही मा ४८ कंचनपुर मा – २८ कपिलवस्तुमा – २५ नेपालगन्ज बाँके मा ६७ अछाममा १० डोटि र डडेल्धुरा मा ६-६गरि जम्मा ११८१ युनिट रगत संकलन गरणन सफल भएको सन्त निरंकारी मण्डल केन्द्रीय सहसचिव नरबहादुर बिकले जानकारी दिएका छन ।

 

प्रमुख जिल्ला लक्षण ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम सन्त निरंकारी मण्डलका महेन्द्रनगर मुखी एबम् केन्द्रीय सचिव नर बहादुर विश्वकर्माले कार्यक्रमको अध्यक्षतामा भएको थियो ।

कार्यक्रम मा जिल्ला प्रहरी कार्यालय का प्रहरी उपरीक्षक चक्रराज जोशी , बरिस्ठ समाजसेवी लिलाध्वज बस्नेत , बरिस्ठ पत्रकार चित्राङ्ग थापा , नेपाल रेडक्रस सोसाइटी कंचनपुर का कोषाध्यक्ष थिरेन्द्र भट्ट , रक्त सन्चार केन्द्रका नरेन्द्र राज जोशी ,पुनर्वास का मुखि एवं प्रचारक राम प्रशाद गुरुङ , समाजसेवी लक्ष्मी बिश्वकर्मा , माधव प्रशाद भट्ट , पत्रकार रनि विवस , धन बहादुर बिश्वकर्मा ,पुर्व प्रहरी निरीक्षक जगत नेपाली , पत्रकार बिष्णु अवस्थि , महाकाली प्रादेशिक अस्पताल का मेडिकल अफिसर डाक्टर सन्तोष बिक , राष्ट्रिय अनुसन्धान का सई अर्जुनमान तिरुवा , सत्सङ इन्चार्ज हरु भगत सिंह सुनार , दुर्गा बहादुर घर्ती , गुमान सिंह , कृष्ण खडका , दिलबहादुर लामिछाने , सेवादल संचालिका सरस्वती देवी तिरुवा , सेवादल इन्चार्ज सुरेश सुनार , सर्जन सिंह जि , सुभाष सिंह जी तथा अलिगढ उत्तरप्रदेश बाट आउनु भएका बिशाल निरंकारी , व्यावसायी महेन्द्र ठाकुर लगायत का रहनु भएको थियो । मान सिंह तिरुवा जिले संचालन गरेको रक्तदान शिविर उद्घाटन कार्यक्रममा स्वागत गगन सिंह भुल ले गर्नु भएको थियो।

रक्तदान शिविर पश्चात् मानव एकता दिवस को अवसरमा वृहत् सत्सङ कार्यक्रम समेत सम्पन्न भएको छ। सत्सङ कार्यक्रम को गुरुगद्दी सेवा आदरणीय ज्ञान प्रचारक रामप्रसाद गुरुङले गर्नुभएको थियो ।

सत्सङ कार्यक्रम मा विभिन्न व्यक्ति हरुले रक्तदान तथा मानव एकता दिवसका बारेमा विचार तथा भक्ति गित कविता प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम को सन्चालन पुनर्वास कि सेवादल मिरा निरंकारी ले गरेकि थिईन ।

 

कञ्चनपुरका विभिन्न पालिकाका पाँच सय भन्दा बढी सन्त परिवार सहभागी भए । सत्संग पश्च्यात लङ्गर ( भण्डारा ) को व्यवस्था गरिएको थियो । महेन्द्रनगर का मुखि श्री नरबहादुर बिश्वकर्मा र पुनर्वास का मुखि श्री रामप्रसाद गुरुङले सहभागी अतिथि एवं सन्त परिवारलाई स्वागत गर्दै धन्यवादका साथ कार्यक्रमको समापन गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ