कञ्चनपुर क्षेत्र नं. १ मा तरुण दलको प्रचार समिति विस्तार, निर्वाचन लक्षित जिम्मेवारी बाँडफाँट

बेलौरी, कञ्चनपुर ।

आगामी संघीय निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो सांगठनिक गतिविधिलाई तीव्रता दिएको छ । निर्वाचनमा पार्टीका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउने र संगठन सुदृढीकरण गर्ने उद्देश्यले तरुण दलले विभिन्न तहमा प्रचार–प्रसार समिति संयोजकहरूको जिम्मेवारी तोकेको हो ।

नेपाल तरुण दलका जिल्ला विभाग प्रमुख एवं क्षेत्र नं. १ का संयोजक राम खड्काले संगठनलाई गतिशील र प्रभावकारी बनाउन नेतृत्व चयन गरिएको जानकारी दिनुभयो । जिम्मेवारी बाँडफाँट अनुसार प्रदेश निर्वाचन क्षेत्र ‘क’ को संयोजकमा प्रकाश तामाङ्ग र प्रदेश ‘ख’ को संयोजकमा सन्तोष बिष्टलाई मनोनयन गरिएको छ ।

त्यसैगरी स्थानीय तह अन्तर्गत पुनर्वास नगरपालिकाको संयोजकमा जीवन तामाङ्, बेलौरी नगरपालिकामा ईश्वर चन्द, लालझाडी गाउँपालिकामा नीर राना र बेलडाँडी गाउँपालिकामा कालू राम सुनारलाई जिम्मेवारी सुम्पिएको छ । नवनियुक्त संयोजकहरूलाई तरुण शक्तिको सक्रिय परिचालन, संगठन विस्तार तथा पार्टीको नीति र कार्यक्रमलाई आम जनतामाझ पुर्‍याउने मुख्य दायित्व प्रदान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ