कञ्चनपुरको शान: बेलौरीकी आईशा चौधरी विश्वप्रसिद्ध गुगल कम्पनीमा सफ्टवेयर इन्जिनियर नियुक्त

बेलौरी, कञ्चनपुर ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ४ निवासी आईशा चौधरी विश्वको प्रतिष्ठित प्रविधि कम्पनी गुगलमा पूर्णकालीन सफ्टवेयर इन्जिनियर पदमा नियुक्त भएकी छन् । बेलौरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष लक्ष्मी नारायण चौधरीकी सुपुत्री आयशाको यस अन्तर्राष्ट्रिय सफलताले जिल्ला र समग्र सुदूरपश्चिम प्रदेशकै गरिमालाई विश्व मञ्चमा उँचो बनाएको छ ।

विश्वकै अग्रणी बहुराष्ट्रिय कम्पनीमा अत्यन्तै कठिन र प्रतिस्पर्धात्मक प्रक्रिया पार गरी प्राप्त यो पदले नेपाली जनशक्तिको प्राविधिक सामर्थ्य र बौद्धिक क्षमतालाई पुनः प्रमाणित गरेको छ । प्रविधि र सफ्टवेयर विकासको क्षेत्रमा उनले हासिल गरेको यो फड्को स्थानीय स्तरमा हर्षोल्लासको विषय बनेको छ । विशेष गरी प्राविधिक शिक्षा र सूचना प्रविधिको क्षेत्रमा भविष्य खोजिरहेका अन्य युवा पुस्ताका लागि उनी एउटा जीवन्त प्रेरणाको स्रोत बनेकी छन् ।

हाल आयशालाई विभिन्न सामाजिक सञ्जाल र व्यक्तिगत तवरबाट समेत हार्दिक बधाई दिँदै उनको उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको कामना गर्नेहरूको लहर चलेको छ । विश्वस्तरको प्रतिष्ठित संस्थामा बेलौरीकी छोरीको यो नियुक्तिले कञ्चनपुरलाई प्राविधिक प्रतिभा उत्पादन गर्ने उर्वर थलोका रूपमा समेत स्थापित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ