बेलौरी युथ नेटवर्किङ्ग क्लबले वडा नं ६ लाई माग्यो छुट्टै मञ्च

मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर

बेलौरी वडा नं ६ मा रहेको बेलौरी युथ नेटवर्किङ्ग युवा क्लबले आज वडा नं ६ को कार्यालयमा उपस्थित भई वडा अध्यक्ष भोजराज चौधरीलाई वडाको लागि छुट्टै मञ्च निर्माण गर्नको लागि अनुरोध गरेका छन् ।


बेलौरी वडा नं ४ र ६ को लागि संयुक्त रुपमा एउटै मञ्च प्रयोग हुदै आएकोले वडा नं ६ का बालबालिका, युवा र समुदायको सिर्जनात्मक क्रियाकलाप, खेलकुद, अतिरिक्त क्रियाकलाप लगायत साँस्कृतिक गतिविधिहरुमा अवरोध पुग्न गएको भन्दै क्लबले अध्यक्षलाई मागपत्र बुझाएको जानकारी क्लवका अध्यक्ष केशव बोहराले दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ