कञ्चनपुरमा प्रहरी द्धारा ६ लाख बराबरको अवैध सामान बरामद

कञ्चनपुर ।

प्रहरीले कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरि ल्याइएका करिब ६ लाख रुपैयाँ बराबरका अवैध सामानहरू बेवारिसे अवस्थामा बरामद गरेको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतका प्रहरी इकाइहरूबाट खटिएको गस्ती टोलीले बिहीबार ती सामग्री फेला पारेको हो

बरामद गरिएका सामानहरूमा नम्बर प्लेट नभएको एक थान आर.टि.आर मोटरसाइकल, जुत्ता, बच्चाको सेण्डिल, सुर्ती, मिठाई र चिनी लगायतका वस्तु रहेका छन् यसका साथै मोजा, रुमाल, सेण्डो, सल, तौलिया, लेहङ्गा, पाइन्टको कपडा र पर्दा समेत प्रहरीले नियन्त्रणमा लिएको छ प्रहरीका अनुसार बरामद गरिएका यी सामग्रीको कूल बजार मूल्य ६ लाख ५ हजार ७ सय ३६ रुपैयाँ बराबर रहेको छ

बरामद गरिएका सबै सामानहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा पठाइएको छ । 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ