कार्तिक २०,कञ्चनपुर। कंचनपुरमा सीमाबासीसंग सशस्त्र प्रहरी अन्तरक्रिया कार्यक्रम गरिएको छ। बिहिवार सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीको आयोजनामा सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हे.क्वा. शैलेश्वरी, कञ्चनपुरको परिसरमा सीमाबासीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।
सीमा सुरक्षाको महत्व र सीमा अपराध नियन्त्रण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्ट बताएका छन्। जिल्लामा भारतसङ्ग सीमा जोडिएको वडा कार्यालयका वडाअध्यक्ष हरु अन्तरक्रिया गरिएको सशस्त्र प्रहरी उपरीक्षक भट्टले बताए।
उक्त कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीप कुमार पाल, नेपाल नं. ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्ट, मातहत बेसपतिहर प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति, विभिन्न बीओपीका प्रमुख, फर्वार्ड बेसका कमाण्डरहरू, साथै कञ्चनपुर जिल्लाका सीमा जोडिएका वडाका वडा अध्यक्ष तथा सदस्यहरूको उपस्थितिमा अन्तरक्रिया सम्पन्न गरिएको जनाइएको छ।
कार्यक्रममा सहभागीहरूले सशस्त्र प्रहरीले सञ्चालन गरिरहेका सीमा सुरक्षासम्बन्धी गतिविधि, सीमा अपराध नियन्त्रणका उपाय, र स्थानीय समुदायको भूमिकाका विषयमा खुलस्त छलफल गरेका थिए। अन्तरक्रिया कार्यक्रममा ५४ जनाको सहभागिता रहेको सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देब भट्टले जानकारी दिएका छन्।





