पुनर्वास ११ को वडा कार्यालयमा चोरी, साढे ५ लाख बराबरको धनमाल गायब

कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ स्थित वडा कार्यालयमा गएराति चोरी भएको छ । सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) टाउके बजारकै हाताभित्र रहेको वडा कार्यालय फोडेर चोरी भएको हो।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार अज्ञात समूहले वडा कार्यालयभित्र रहेका महत्त्वपूर्ण उपकरणहरू चोरी गरेको छ । कार्यालयबाट ५ केभीको एक थान जेनरेटर, १८० एम्पियरका चार थान ब्याट्री, तीन थान ल्यापटप र एक थान ओप्पो कम्पनीको मोबाइल सेट चोरी भएको प्रहरीले जनाएको छ । चौबिसै घण्टा सुरक्षाकर्मीको पहरा रहने बीओपी नजिकैबाट यसरी सरकारी सम्पत्ति चोरी हुनुलाई रहस्यमय र गम्भीर रूपमा हेरिएको छ ।

पुनर्वास ११ का वडा अध्यक्ष तुलसी अर्यालले चोरी भएका सामग्रीहरूको अनुमानित बजार मूल्य करिब साढे ५ लाख रुपैयाँ बराबर रहेको जानकारी दिनुभएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी टोलीले स्थलगत मुचुल्का उठाई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ भने संलग्नहरूको खोजी कार्य तीव्र पारिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ