पुनर्वासमा अनमोल प्रेसको प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

पुनर्वास, कञ्चनपुर

कञ्चनपुरको पुनर्वास नगरपालिकामा कृपान्शी मिडिया प्रा.लि. द्वारा सञ्चालित अनमोल प्रेसले आफ्नो स्थापनाको एक वर्ष पूरा गरी बुधबार एक विशेष समारोहका बीच प्रथम वार्षिकोत्सव मनाएको छ। स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, बैंकर्स, नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थितिमा प्रेसले आफ्नो पहिलो वर्षगाँठ सम्पन्न गरेको हो।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बिओपी आपतालका सशस्त्र प्रहरी निरीक्षक विजय प्रताप सिंहले  सीमा क्षेत्रको सुरक्षा, सामाजिक सद्भाव र जनचेतना फैलाउन सञ्चार माध्यमको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सुरक्षा निकाय र प्रेसबीचको निरन्तर समन्वयले मात्रै समाजमा शान्ति र सुशासन कायम गर्न मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख एवं प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले व्यावसायिक पत्रकारिताले नै समाजको वास्तविक चित्रण गर्ने बताउनुभयो र यस प्रेसको उत्तरोत्तर प्रगती को कामना गर्नुभएको थियो।

समारोहमा पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्दै अनमोल प्रेसले छोटो समयमै नगरका गतिविधिलाई जनस्तरसम्म पुर्‍याउन खेलेको भूमिकाको सराहना गर्नुभयो। एनएमबी बैंक पुनर्वास शाखाका प्रमुख कोश राज जोशीले आर्थिक विकास र वित्तीय साक्षरतामा सञ्चार जगतको योगदान महत्वपूर्ण हुने धारणा राख्नुभयो।

सञ्चारकर्मीहरूको प्रतिनिधित्व गर्दै अनलाईन पत्रकार महासंघ कञ्चनपुरका सदस्यद्वय रुपेश बिक र पवन जोशी तथा सुदूर डायरी मिडिया हाउस प्रा.लि.का अध्यक्ष केशव भट्टको उपस्थिति रहेको थियो।

अनमोल प्रेसका अध्यक्ष केशव भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सम्पादक सुरज श्रेष्ठले गर्नुभएको थियो। प्रथम वर्ष पूरा गरेको अवसरमा आयोजित यस कार्यक्रमले आगामी दिनमा अझ जिम्मेवार र निष्पक्ष भएर सूचना प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ