सिद्धबाबा सहकारी लि.को नयाँ नेतृत्वमा केशव राज जोशी

मीरा श्रेष्ठ,

बेलौरी, कञ्चनपुर

बेलौरीमा आज भएको सिद्धबाबा सहकारी लि. संस्थाको १९ औँ वार्षिक साधारण सभाले नयाँ नेतृत्वको रुपमा महाकाली माध्यमिक विद्यालयका पूर्व प्राचार्य तथा सिद्धबाबा सहकारी संस्था लि. को सदस्य केशव राज जोशीलाई अध्यक्षको रुपमा चयन गरेको छ ।

निवर्तमान अध्यक्षको व्यक्तिगत समस्याका कारण राजीनामा दिनपर्ने भएपछि सभाले आपसी सहमतीमा जोशीलाई अध्यक्षमा चयन गरेको बताएको छ । संस्थाको नेतृत्व समितीमा अन्य सदस्य भने यथावत् नै रहेका छन् ।

निवर्तमान अध्यक्ष नारायण सिंह ऐरिले आफु अध्यक्षको जिम्मेवारी नसम्हाल्ने भएपनि संस्थामा सेयर सदस्यको रुपमा भने निरन्तर रहने बताउदै भन्नुभयो, ‟हजुरहरुले मलाई आजको दिनसम्म जति माया, साथ र हौसला दिनुभयो, त्यसको लागि म एकदमै आभारी छु । अब हामीले एकजुट भएर संस्थालाई अगाडि बढाउने हो भने यो क्षेत्रमै हाम्रो संस्था नं १ संस्था बन्नेछ । यसको लागि हामीले नयाँ सदस्यहरुलाई पनि समावेश भने गर्नुपर्छ है ।”

त्यस्तै साधारण सभामा एक वर्षको आर्थिक प्रतिवेदन पेश गरेकोमा संस्थापक अध्यक्ष लक्ष्मी नारायण चौधरीले संस्थाको सुखद प्रगति भईरहेको बताउनुभयो । ‟ऋण समितिले समेत आफ्नो लगानीको आयव्यय के कति छ भनेर चासो देखाउनुपर्छ । सबैले मिलेर जान सके संस्था अझ राम्रो बन्छ”, उहाँको भनाई थियो ।

अबको नेतृत्वमा अध्यक्षको रुपमा जिम्मेवारी पाउनुभएका केशव राज जोशीले सेयर सदस्यहरुको आफूप्रतिको भरोसालाई यथार्थमा परिणत गर्न आफ्नो तर्फबाट संस्थाको प्रगतिका लागि कुनैपनि कसर नछोड्ने प्रतिबद्धता जनाउनुभयो ।

‟अहिले पनि हामीले संस्थाको प्रतिवेदन सुन्दै गर्दा झस्किनपर्ने, सशंकित हुनपर्ने अवस्था छदै छैन । हामी त नाफामा छौँ, यो गौरवको विषय हो । यहि एकता र ईमान्दारीताको साथ हामी अगाडि बढ्नपर्छ र मलाई दिनुभएको जिम्मेवारीको विषयमा आफ्नो तर्फबाट सक्दो कोशिश गर्नेछु ।”

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका सेयर सदस्य तथा एकल महिला जयन्ती अवस्थीले संस्थाको सुखद प्रगति रहेको भन्दै संस्थाको आगामी दिनमा थप उतरोत्तर प्रगति होस् भन्ने अपेक्षा रहेको बताउनुभयो ।

 

फोटोहरु:

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ