सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसः कञ्चनपुरको गड्डाचौकी हुँदै झण्डा मार्चपास।।

केशब भट्ट, पौष २०,कञ्चनपुर। सशस्त्र प्रहरी बल नेपालको २५औँ स्थापना दिवसको अवसरमा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै झण्डा मार्चपास गरिएको छ। आइतबार सिमा सुरक्षा र राष्ट्रप्रतिको प्रतिबद्धता झल्काउने उद्देश्यसहित कार्यक्रम आयोजना गरी भारतसङ्ग सिमा जोडिएका क्षेत्रमा पुर्व- पश्चिम झण्डा मार्च सुरु गरिएको शैलेस्वरी गण ३५ का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले बताएका छन्।

सशस्त्र प्रहरी निरीक्षक समिर भट्टको कमाण्डमा ३५ जना सहभागी झण्डा मार्च कार्यक्रम पौष २२ गते कञ्चनपुरको डोकेबजारमा सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीलाई हस्तान्तरण गरिने एसपी भट्टले बताएका छन्। एसपी भट्टका अनुसार सशस्त्र प्रहरी बलले २५ औं स्थापना दिवसको अवसरमा देशका सिमा जोडिएका क्षेत्रमा पुर्वदेखि पश्चिम र पश्चिमदेखि पुर्व झण्डा मार्च सुरु गरि पर्सामा समापन गरीने छ।

सशस्त्र प्रहरी उपरीक्षक भट्टए स्थापना दिवसका अवसरमा आयोजना गरिएका कार्यक्रमहरू सशस्त्र प्रहरीको व्यावसायिकता, अनुशासन र सीमा सुरक्षाप्रतिको प्रतिबद्धता अभिव्यक्त गर्ने उद्देश्यले गरिएको जानकारी दिए।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम बाहिनी प्रमुख डिआइजी प्रदीप कुमार पाल ले सशस्त्र प्रहरीले स्थापना कालदेखि नै देश र देशवासीको सुरक्षा तथा हितमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्। उनले संक्रमणकालदेखि हालसम्म देखिएका विभिन्न सुरक्षा चुनौतीहरूलाई राज्यले दिएको कार्यदेशअनुसार सामना गर्दै सशस्त्र प्रहरी बल अपिरिहार्य, सक्षम र भरपर्दो सुरक्षा निकायको रूपमा स्थापित भएको उल्लेख गरे।

कार्यक्रममा विशिष्ट अतिथि भिमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला लगायत जनप्रतिनिधि, सुरक्षा निकायको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ