मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
बेलौरी नगरपालिका वडा नं ५, मैनाहाको संयुक्त परिवारमा नरेश चौधरीको जन्म हुन्छ । कृषक परिवारमा जन्मिएका उहाँको जीवन धुलो माटो र कखरा सँग पौठेजोरी खेल्दै हुर्कन्छ ।

सफलता हासिल गर्नुभएका नरेश चौधरी
परिवारमा आमाबुबा, दिदिदाईहरु खासै कखरा नसिकेका कारण उहाँहरु नरेशलाई सधैँ पढ्नमा प्रेरित गर्नुहुन्छ र नरेश पनि परिवारको चाहना र सपना अनुसार मिहेनत गर्दै विद्यालय तहदेखि स्नातक तहसम्म गाउँमै रहेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाबाट अध्ययन पुरा गर्नुहुन्छ ।

न्यु लक्ष्मी ईट्टा उद्योगबाट सम्मानित हुदै चौधरी
थारु समुदायमा संयुक्त परिवार रहने परिपाटी र त्यसमा पनि अधिकतम जसो परिवार आर्थिक संकटबाट गुज्रने स्थितीमा नरेशको परिवार पनि अछुतो रहने कुरै भएन । यसकारण पनि उहाँ क्याम्पसका शिक्षक सुरज श्रेष्ठसँग नजिकिने क्रममा सरले उहाँको मिहेनत र लगनशीलता बाट प्रभावित भएर आफ्नो न्यू लक्ष्मी ईट्टा उद्योगमा काम गर्ने अवसर दिनुहुन्छ ।

शिक्षक सुरज श्रेष्ठसँग नरेश चौधरी
यसरी जीवनको पहिलो व्यवसायिक यात्राको कदम चाल्दा उहाँ ईट्टा उद्योगको अकाउन्टेन्टको रुपमा नियुक्त हुन्छ । यसरी काम गर्दै जादा झण्डै ३ वर्ष जसो कामको अनुभव लिएपछि अब उहाँले विशुद्ध लोकसेवाको तयारीको लागि ब्रेक लिने सोच बनाउनुहुन्छ । बीचबीचमा पनि अध्ययन गर्दै गर्नुभएका उहाँ अब परिवार, छरछिमेक, समुदाय र कार्यथलोबाट सबैसँग आर्शीवाद लिदै काठमाडौँ उपत्यका प्रवेश गर्नुहुन्छ ।

लोकसेवा तयारीको क्रममा काठमाडौँ जाने क्रममा चौधरी
काठमाडौँमा अध्ययनको क्रममा बिताएको क्षणलाई सम्झदै उहाँ भन्नुहुन्छ, ‟सानैदेखि मिल्ने साथी पवन रिजालसँग रुम सेयर गरेर बसेँ ।

काठमाडौँमा मिल्ने साथी पवन रिजालसँगको बसाइको क्रममा चौधरी
आफै नै कहिपनि क्लास नलिईकन तयारी गरेँ । फेसबुक, युट्युब तिर लोकसेवा पढाउने ईन्स्टिच्युटको प्र्याक्टिस भिडियोहरु त हेर्थेँ तर पैसा तिरेर भर्चुअल क्लास पनि लिईनँ ।”

स्व-अध्ययनका क्रममा चौधरीले अध्ययन गर्नुभएका पाठ्य सामग्री
यसरी स्व–अध्ययन गर्नुभएको उहाँले सुरुमा त बैँकिङ्ग क्षेत्रतिर जाने योजना बनाउनुभएको थियो, तर त्यस वर्ष सो क्षेत्रबाट खासै विज्ञापन नखुलेको अवस्थामा एकदिन कोशी प्रदेशबाट भारी संख्यामा लोकसेवाले विज्ञापन खुलाएको देख्नुभयो र परीक्षामा सामेल हुनुभयो । फलस्वरुप उहाँ नेपाल सरकारको निजामती सेवामा चौथो सहायक तहमा सफल हुनुभयो ।

कोशी प्रदेशको विज्ञापनका लागि लड्ने तयारी गर्दैगर्दा चौधरीको तयारी पाठ्यसामग्री
‟मैले परीक्षा दिएपछि आर्थिक समस्याको कारण लगत्तै ईन्डियामा पनि गएँ । तर अस्ति भर्खरतिर पास भएको र अन्र्तवाताको डेट दिएको सुचना पाएपछि नेपाल आएर मौखिक परीक्षामा पास भएर पनि अहिले घर आएको छु”, उहाँ भन्नुहुन्छ ।

नरेश चौधरीका आमाबुबा
नरेश घर आउनुभएको समयमा उहाँको पहिलो कार्यथलो बनेको न्यू लक्ष्मी ईट्टा उद्योगले पनि उहाँलाई बधाई तथा सम्मान कार्यक्रम गरि हौसला बढाएको छ भने परिवार, छिमेक र सिँगो समुदायबाट आर्शीवाद र प्रेमको लहर आईरहेको हर्ष उहाँ सुनाउनुहुन्छ ।

न्यु लक्ष्मी ईट्टा उद्योगका सहकर्मी साथीहरूबाट बधाई लिदै चौधरी
‟भाई मेरो पूर्व विद्यार्थी पनि हो र पूर्व कर्मचारी पनि । वास्तवमा भाईको लगन र मिहेनत देखेरै मैले भाईसँग मेरो उद्योगमा काम गर्ने प्रस्ताव राखेको थिएँ । उसले एकदम राम्रोसँग काम गर्यो र पछि लोकसेवाको लागि काठमाडौँ जाने कुरामा मैले सहर्ष स्वीकार गरेँ । किनकी म एक शिक्षक हुँ र युवाहरु प्रगतिपथमा हिड्नुपर्छ भन्ने मेरो मान्यता पनि हो,” नरेशका पूर्व शिक्षक तथा व्यवसायिक जीवनका हाकीम सुरज श्रेष्ठ बताउनुहुन्छ ।

शिक्षक तथा व्यावसायिक जीवनका हाकिम सुरज श्रेष्ठ बाट बधाई तथा सम्मान प्राप्त गर्दै नरेश चौधरी
‟ऊ यहाँबाट जादै गर्दा मैले भनेको पनि थिएँ कि उसले हन्ड्रेड पर्सेन्ट नाम निकाल्छ भनेर र आज त्यो मेरो विश्वास यथार्थमा परिणत भयो । यो भन्दा ठुलो खुशी म उसको शिक्षक र व्यवसायिक जीवनको अभिभावकलाई अरु के होला र ?” उहाँले थप भन्नुभयो ।

न्यु लक्ष्मी इट्टा उद्योगका म्बायानेजर बाट बधाई तथा सम्मान प्राप्त गर्दै चौधरी
नरेश चौधरी पनि आजको सफलताको लागि आफ्ना शिक्षक तथा अभिभावकरुपी सुरज श्रेष्ठ सरलाई पनि श्रेय जान्छ भन्दै आभार प्रकट गर्दै गर्दा ईट्टा उद्योगको माहोल निकै हर्षाश्रुमय भएको थियो ।

पूर्व सहकर्मी साथीहरूबाट बधाई लिदै चौधरी
‟अहिले मेरो परिवार, छिमेक, समुदाय र शुभचिन्तक सबैजनाले आर्शीवाद दिईरहनुभएको छ । अब आउने दिनमा म अध्ययन सँगै नायब सुब्बा र बिस्तारै अधिकृत तहको लागि आफूलाई तयारी गराउनेछु”, उहाँको अठोट रहेको छ ।

‟मलाई सानैदेखि सरकारी जागीर गर्छु भन्ने लाग्थ्यो, चिनेको मामा पनि सरकारी जागिरे हुनुहुन्थ्यो । परिवारमा पनि दाई दिदिले आफु नपढेपनि तिम्ले त पढेको छौ, सरकारी जागिर गर्नुपर्छ भन्नुहुन्थ्यो र सबैबाट प्रेरणा मिलेर पनि आज म यो सफलताको स्वाद लिदैछु”, उहाँ बताउनुहुन्छ ।

न्यु लक्ष्मी ईट्टा उद्योगका पूर्व सहकर्मीबाट बधाई ग्रहण गर्दै चौधरी
मुख्य कुरा अठोट हुने हो भने सफलता पाईने रहेछ भन्दै सबै युवा साथीलाई उहाँ सन्देश दिनुहुन्छ, ‟मिहेनत गर्ने हो भने सफलता अवश्य मिल्ने रहेछ ।”

काठमाडौँ बसाइको क्रममा नरेश चौधरी
यसरी नरेश आज आफ्नो परिवारको मात्र नभई सिंगो थारु सुमदाय र बेलौरीको आकाशगँगामा अर्का नवीन ताराको रुपमा उदाउदै गर्दा सम्पूर्ण बेलौरी नगर उत्साह मनाईरहेको छ ।

न्यु लक्ष्मी ईट्टा उद्योगका पूर्व सहकर्मीबाट बधाई ग्रहण गर्दै चौधरी





