फागुन २१ को निर्वाचन लक्षित ‘कल सेन्टर’ सञ्चालनमा, ११०२ मा नि:शुल्क गुनासो सुनिने

तस्विरः एआई बाट निर्मित

काठमाडौ। 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मतदातामैत्री बनाउन निर्वाचन आयोगले सोमबारदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। निर्वाचनका सिलसिलामा मतदाता, आम नागरिक र सरोकारवालाहरूको जिज्ञासा तथा गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले आयोगको केन्द्रीय कार्यालयमा यो सेवा सुरु गरिएको हो।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार निर्वाचन प्रक्रियासँग सम्बन्धित कुनै पनि द्विविधा वा समस्या भएमा सर्वसाधारणले अब सिधै आयोगसँग सम्पर्क गर्न सक्नेछन्। यसका लागि आयोगले ११०२ नम्बरको नि:शुल्क टोलफ्री सेवा उपलब्ध गराएको छ। आयोग परिसरमा स्थापित यो कल सेन्टर हाललाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा रहनेछ भने निर्वाचन नजिकिँदै जाँदा आवश्यकता अनुसार समय थप गर्न सकिने जनाइएको छ।

सेवाग्राहीको सहजताका लागि आयोगले ६ वटा डेस्कमार्फत सेवा प्रवाहको व्यवस्था मिलाएको छ। एकै पटक १५ जनासम्म सेवाग्राहीले फोन गर्दा होल्डमा बस्नु नपर्ने गरी प्राविधिक प्रबन्ध मिलाइएको आयोगले दाबी गरेको छ। प्रवक्ता भट्टराईले मतदाताका जिज्ञासा सुन्न र सही सूचना प्रवाह गर्न यो संयन्त्र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। यो सुविधा निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने कार्य सम्पन्न नभएसम्म निरन्तर रहनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ