कञ्चन आवाज संवाददाता बेलौरी, कञ्चनपुर ।
कञ्चनपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराएका सबै १९ जना उम्मेदवारहरूको मनोनयन कानून बमोजिम सदर भएको छ। निर्वाचन अधिकृतको कार्यालयले दर्ता भएका कुनै पनि मनोनयन रद्द नभएको र सबै उम्मेदवारहरू रीतपूर्वक योग्य ठहरिएको जनाएको छ।
मनोनयन दर्ताको दिन (उम्मेदवारी दर्ताको समयमा) यस क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जनाले उम्मेदवारी दिएका थिए। निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २४ बमोजिम गरिएका जाँचबुझमा १९ जनाकै कागजात र योग्यता कानून सम्मत देखिएपछि सबैको नाम उम्मेदवारको (अनुसूची–२१) मा प्रकाशन गरेको हो।







