कञ्चनपुरमा एकै महिनामा ८७ मुद्दा दर्ता, लागुऔषध र बैंकिङ कसुरको चुनौती बढ्दो

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले माघ महिनामा सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। आइतबार जिल्ला प्रहरी कार्यालयमा आयोजित एक विशेष प्रेस भेटघाट कार्यक्रममा प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जिल्लाको पछिल्लो सुरक्षा अवस्था र प्रहरीको सक्रियताबारे जानकारी दिनुभएको हो। सोही अवसरमा नवनियुक्त सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीसँग पत्रकारहरूको परिचयात्मक कार्यक्रम समेत सम्पन्न भएको छ।

प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघ महिनामा जिल्लाभर विभिन्न प्रकृतिका कुल ८७ वटा मुद्दा दर्ता भएका छन् जसमध्ये सबैभन्दा बढी लागुऔषध सम्बन्धी ३० वटा मुद्दा रहेका छन् यसैगरी अभद्र व्यवहारका १२, बैंकिङ कसुरका ८, चोरीका ७ र भवितव्य ज्यानका २ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ जघन्य तथा गम्भीर अपराधको सूचीमा बहुविवाह, जबरजस्ती करणी, सवारी ज्यान र लागुऔषधसहित कुल ३७ वटा मुद्दा दर्ता भएका छन्

लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेको प्रहरीले यस महिना ५५.१७९ ग्राम खैरो हेरोइन, ५० पिस एम्पुल, २० थान क्याप्सुल र २९ थान ट्याब्लेट बरामद गरेको छ यस कार्यमा संलग्न १ महिला र ४८ पुरुष गरी कुल ४९ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ यस्तै, अदालतको फैसला कार्यान्वयनतर्फ प्रहरीले ६६ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ पक्राउ परेकाहरूबाट ३८ वर्ष ३ महिना २५ दिन कैद भुक्तान र १६ लाख ३७ हजार ३ सय ८२ रुपैयाँ जरिवाना असुल गरिएको छ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षाका सवालमा पनि प्रहरीको सक्रियता देखिएको छ। यस महिना हराएका १५ महिला, ४ पुरुष, १३ बालबालिका र १ ज्येष्ठ नागरिकमध्ये ११ महिला, २ पुरुष, १० बालबालिका र १ ज्येष्ठ नागरिक फेला परेका छन् घरेलु हिंसातर्फ परेका २५ वटा उजुरीमध्ये १८ वटामा मिलापत्र गराइएको छ भने ६ वटालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ

आर्थिक अपराध र राजस्व चुहावट नियन्त्रणमा पनि प्रहरीले उल्लेख्य सफलता प्राप्त गरेको छ। अवैध भन्सार छलीका सामग्री बरामद गरी ३६ लाख ३५ हजार ३ सय ४३ रुपैयाँ बराबरको राजस्व संकलनमा योगदान पुर्‍याइएको छ । पछिल्लो समय अनलाइन ठगीका घटनाहरू पनि बढ्दै गएका छन्। माघ महिनामा २३ जनाले अनलाइन ठगीको उजुरी दिएका छन्, जसमा १९ लाख ६ हजार २ सय ८५ रुपैयाँ ठगी भएको उल्लेख छ प्रहरीले हालसम्म २२ हजार रुपैयाँ ठगी भएको रकम फिर्ता गराउन सफल भएको छ

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न ७४ स्थानमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ यी कार्यक्रमहरूमा ५ हजार ५ सय भन्दा बढी सर्वसाधारण र १४ वटा विद्यालयका ७ सय ५८ विद्यार्थीहरूको सहभागिता रहेको थियो प्रहरीले नागरिकको सुरक्षाका लागि आफ्नो हटलाइन र अन्य सम्पर्क नम्बरहरूमा आएका १ हजार १ सय ३५ वटा कलहरूको सम्बोधन गरेको जनाएको छ। 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ