मीरा श्रेष्ठ, मंसीर ३
बेलौरी– राष्ट्रिय कर दिवस २०८१ को अवसरमा यहि मंसीर १ देखि ७ गतेसम्म चलिरहेको कर सप्ताह कार्यक्रम अन्तर्गत आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले बेलौरीको उद्योग वाणिज्य संगको सभाहलमा आज १ दिने ‘कर शिक्षा तथा सचेतना कार्यक्रम’ सम्पन्न गरेको छ ।
कर अधिकृत प्रमुख डमरु प्रसाद पराजुली प्रमुख अतिथि र बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्ट सभापतिको रुपमा रहेको सो कार्यक्रममा उद्योग वाणिज्य संघका वर्तमान तथा निवर्तमान पदाधिकारी, बेलौरी खानेपानीका अध्यक्ष गोविन्द सापकोटा, ईट्टा भट्टा व्यवसायी, किराना पसल व्यवसायी तथा हार्डवेयर व्यवसायी लगायत हाराहारी ५० जना व्यवसायीको उपस्थिती थियो ।

सोमबार बिहान ११ बजेदेखि करिब २ घण्टासम्म चलेको कार्यक्रममा महत्वपूर्ण विषयमा छलफल भएको र व्यवसायीहरुका लागि कतिपय विषयहरु पुर्नताजगी समेत भएको उद्योग वाणिज्य संघ कार्यालयका सचिव सरिता जैशी बजगाईले बताईन् ।





