इसान मेमोरियल अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

असार ०२, बेलौरी। कंचनपुरको बेलौरी स्थित इसान मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। मंगलबार बेलौरी नगरपालिका ९ स्थित संचालित स्वास्थ्य शिविरमा स्थानीय नागरिकलाई स्वास्थ्य जाँच, रगत परीक्षण, चिकित्सकीय परामर्श तथा निःशुल्क औषधि वितरण सेवा प्रदान गरिएको अस्पतालका एच.आर. मदन भण्डारीले जनाएका छन्।

उनका अनुसार स्वास्थ शिविरमा करिब ८० जना बिरामीको स्वास्थ्य परीक्षण गरि आवश्यक परामर्शसहित बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको हो। अस्पतालका चिकित्सक डा. जाकिर आलम नेतृत्वको स्वास्थ्यकर्मी टोलीले स्वास्थ्य सेवा प्रदान गरेको शिविरमा करिब २ लाख ८५ हजार रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको एच.आर.  मदन भण्डारीले बताए।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा दुर्गम क्षेत्रलाई लक्षित गरी स्वास्थ्य शिविर संचालन गरेको अस्पतालका अध्यक्ष आइ जंग कुँवरले बताए। उनले अगामी दिनहरुमा समेत ग्रामीण क्षेत्रमा यस किसिमका स्वास्थ्य शिबिर संचालन गर्ने बताएका छन्। त्यस्तै, बेलौरी -९ का वडाध्यक्ष किशन सिंह रानाले आफ्नो वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकोमा अस्पताल परिवारलाई आभार व्यक्त गरेका छ्न।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ