मीरा श्रेष्ठ,
धनगढी, कैलाली
होटल पौवा धनगढीले आज खाद्य सुरक्षा मूल्याङ्कन अन्तर्गत नम्बर १ खाद्य गुणस्तर रहेको प्रमाणपत्र हासिल गरेको छ।
नेपाल सरकार अन्तर्गत कृषि विकास तथा पशुपंक्षी मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज गरेको अनुगमनमा होटल पौवा खाद्य गुणस्तरमा नम्बर १ रहेको पाइएको हो।
खाद्य विभागले असार २३ गतेबाट लागू हुने गरी आगामी वर्ष असार २२ गतेसम्म सो प्रमाणपत्र आधिकारिक रहने गरी होटललाई गुणस्तरको श्रेणी अन्तर्गत पहिलो श्रेणीमा रहेको बताएको छ।






