पुनर्वास (कञ्चनपुर)
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरको पुनर्वास नगरपालिकामा सम्पन्न नगर अधिवेशनबाट खगेन्द्र ओझाको सभापतित्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास र साङ्गठनिक एकतालाई आत्मसात् गर्दै आपसी समझदारीका आधारमा नयाँ नेतृत्व टुङ्ग्याइएको हो। प्रतिस्पर्धाभन्दा पनि सहमतीय प्रणालीमार्फत नेतृत्व चयन भएपछि स्थानीय स्तरमा पार्टी पङ्क्तिमा नयाँ ऊर्जा र उत्साह थपिएको छ।
निर्वाचन समितबाट प्राप्त आधिकारिक विवरणअनुसार नयाँ कार्यसमितिको उपसभापतिमा धिरेन्द्र चन्द र महिला उपसभापतिमा मीना सिंह चयन हुनुभएको छ। यसैगरी संगठनको सचिव पदमा केशव एस.के. र सहसचिव पदमा तेज बिष्ट चयन हुनुभएको छ भने विभिन्न वडा तथा समावेशी क्लस्टरहरूबाट समितिमा अन्य सदस्यहरूको पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ।





