अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकातर्फ प्रस्थान गर्नुभएपछि आफ्नो अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ।

प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। उहाँको विदेश भ्रमणका समयमा सरकारको प्रशासनिक कार्य सुचारु रूपमा सञ्चालन गर्नका लागि अर्थमन्त्री डा. वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्न प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको थियो।

प्रधानमन्त्रीको उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले प्रचलित अभ्यास अनुरूप अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई यही असोज ८ गते सम्बोधन गर्ने आधिकारिक कार्यतालिका रहेको छ।

महासभामा नेपालका तर्फबाट सहभागिता जनाएर विभिन्न साङ्गठनिक तथा द्विपक्षीय भेटघाट सम्पन्न गरेपछि प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फिर्ता हुने कार्यक्रम छ

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ