बेलौरी, कञ्चनपुर ।
सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) पचुईले सीमा क्षेत्रबाट अवैध रूपमा भन्सार छली गरी ल्याउँदै गरेको एक थान मोटरसाइकल र ठुलो परिमाणमा प्लास्टिक बरामद गरेको छ। हिजो राति गस्तीमा रहेको प्रहरी टोलीले उक्त सामग्री नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल सिमा सूरक्षा गुल्म बेलौरीका प्रमुख योग्य बस्नेतका अनुसार नियन्त्रणमा लिइएको सामानको अनुमानित बजार मूल्य १ लाख ४० हजार रुपैयाँ कायम गरिएको छ। बरामद गरिएको सामानमा एक थान मोटरसाइकल र १०० केजी प्लास्टिक रहेको जानकारी दिइएको छ।
बरामद गरिएका सामग्रीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आजै भन्सार कार्यालयमा दाखिला गरिएको छ।





