सार्क एजुकेशन फाउण्डेशन महेन्द्रनगर स्कुलमा STREAME आधारित नयाँ शिक्षा प्रणाली लागू हुँदै

महेन्द्रनगर, कञ्चनपुर ।

सार्क एजुकेशन फाउण्डेशन महेन्द्रनगर स्कुलले शिक्षा प्रणालीमा सुधार गर्दै STREAME (Science, Technology, Reading, Engineering, Arts, Mathematics & Entrepreneurship) आधारित नयाँ शिक्षण कार्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गर्ने घोषणा गरेको छ।

पत्रकार सम्मेलनमार्फत फाउण्डेशनका सिइओ डा. लक्ष्मण बस्नेतले कक्षा १ देखि ३ सम्म ५० प्रतिशत र कक्षा ३ देखि १० सम्म पूर्ण रूपमा ल्याब आधारित शिक्षण प्रणाली अपनाइने जानकारी दिए। उनका अनुसार नयाँ प्रणालीले विद्यार्थीको व्यवहारिक ज्ञान र सीप विकासमा विशेष जोड दिनेछ।

कार्यक्रममा विज्ञान संकाय प्रमुख राजेश भण्डारीले हाल कक्षा १२ सम्म सञ्चालन भइरहेका शैक्षिक गतिविधिहरूबारे जानकारी गराउँदै व्यवहारिक शिक्षालाई प्राथमिकता दिइएको बताए। प्रिन्सिपल सुर्य घिमिरेले विश्वस्तरीय शिक्षा प्रणाली लागू गर्न वर्तमान शिक्षालाई अभ्यासमुखी बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे।

पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया, कोषाध्यक्ष मोहन विष्टलगायत विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो। सहभागी पत्रकारहरूले नयाँ शिक्षण प्रणालीको प्रभावकारिताबारे जिज्ञासा राखेका थिए भने आयोजकले विस्तृत जानकारी दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ