बेलौरी: भन्सार छली अवैध रूपमा भित्र्याइएको सामानसहित दुई मोटरसाइकल सशस्त्र प्रहरीको नियन्त्रणमा

बेलौरी, कञ्चनपुर।

कञ्चनपुरको बेलौरी नगरपालिकाका विभिन्न सीमा नाकाबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले लाखौँ मूल्य बराबरको उपभोग्य सामग्री र दुई थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. बेलौरीबाट खटिएको टोलीले सीमावर्ती क्षेत्रबाट उक्त सामान नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतको कमाण्डमा खटिएको ७ जनाको गाडी मोबाइल टोलीले शुक्रबार मध्यरात साढे १२ बजेको समयमा उक्त बरामदगी गरेको गुल्मले जनाएको छ। बेलौरी नगरपालिका वडा नम्बर ४ रिछाहा र वडा नम्बर ६ नकैया सीमा इलाकामा भारतबाट अवैध रूपमा भन्सार छली ल्याइँदै गरेका सामग्रीहरू बरामद गरिएको सशस्त्र प्रहरीले उल्लेख गरेको छ।

बरामद गरिएका सामानहरूमा १०० लिटर डिजेल, सुर्ती, बिँडी लगायतका विभिन्न दैनिक उपभोग्य तथा सुर्तीजन्य वस्तुहरू रहेका छन्। तस्करीमा प्रयोग गरिएका से ४ प ४१५८ र सु.प.प्र. ०१–०१४ प १११२ नम्बरका दुई थान नेपाली मोटरसाइकलसहित बरामद गरिएका सम्पूर्ण सामग्रीहरूको कुल मूल्याङ्कन ४ लाख १६ हजार ७०० रुपैयाँ गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ