बेलौरी (कञ्चनपुर), ७ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिकामा सम्पन्न नगर अधिवेशनबाट प्रकाश श्रेष्ठको सभापतित्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न यस अधिवेशनले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई आत्मसात् गर्दै आपसी सहमतिमा नयाँ नेतृत्व टुङ्ग्याएको हो। निर्वाचन समितिले सार्वजनिक गरेको आधिकारिक विवरणअनुसार समितिको उपसभापतिमा भुपेन्द्र बहादुर शाही र महिला उपसभापतिमा फरिस्ता राना चयन हुनुभएको छ। यसैगरी संगठनको सचिव पदमा कन्हैया राना र सहसचिव पदमा अन्तराम राना चयन हुनुभएको छ।
अधिवेशनबाट विभिन्न वडा तथा समावेशी क्लस्टरहरूको प्रतिनिधित्व सुनिश्चित गर्दै नयाँ कार्यसमिति गठन गरिएको छ जसमा विभिन्न वडा क्लस्टरतर्फ नरेश पन्त, पार्वती राना, डम्बरलाल चौधरी, दिनेशलाल मिश्रा, हुमाकान्त पन्त, रेखा विष्ट, ईश्वर बहादुर चन्द, लक्ष्मी शाह, कर्ण बहादुर कुँवर, जानुदेवी राना, मतिराम भट्ट, कल्पनादेवी विष्ट, दुठन् राना, गिता राना, लक्ष्मी ठगुन्ना र रणवीर सिंह थापा सदस्यमा चयन हुनुभएको छ। यसैगरी रत्नामाया सिंह, यज्ञराज जोशी, युवा खुल्ला तथा समावेशी कोटातर्फ तन्ननुराज पन्त, मिना पाण्डे कार्की, मायाराम चौधरी र दलित महिलातर्फ बसन्ती नेपाली कार्यसमितिमा समेटिनुभएको छ।
नेतृत्व चयन सहमतिमै टुंगिएपछि स्थानीय स्तरमा पार्टी पंक्ति उत्साहित बनेको छ।





