बेलौरीका क्यान्सर पीडित चौधरीलाई साइकराइड क्लबको सहयोगमा ह्वीलचेयर प्रदान

बेलौरी, ७ असोज ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ निवासी क्यान्सर पीडित मनोज चौधरीलाई महेन्द्रनगरस्थित साइकराइड क्लबको सहयोगमा एक थान ह्वीलचेयर प्रदान गरिएको छ। दैनिक आवागमनमा कठिनाइ भोगिरहेका पीडित चौधरीलाई सहजता प्रदान गर्ने उद्देश्यले स्थानीय स्तरमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरिएको हो।

महेन्द्रनगरको साइकराइड क्लबका पदाधिकारी तथा सदस्यहरूको मानवीय सहयोग र समाजसेवी तीर्थराज बोहराको विशेष पहलमा उक्त ह्वीलचेयर उपलब्ध गराइएको हो। श्री जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकराज अवस्थी र समाजसेवी तीर्थराज बोहराले संयुक्त रूपमा पीडित चौधरीका परिवारका सदस्यलाई ह्वीलचेयर हस्तान्तरण गर्नुभएको जनज्योति माध्यमिक विद्यालयका शिक्षक सुरेन्द्र बोहराले जानकारी दिनुभयो।

ह्वीलचेयर हस्तान्तरण कार्यक्रममा सम्बन्धित वडाका वडा सदस्य, विद्यालयका शिक्षक तथा स्थानीय सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सानो सहयोगले पनि कसैको जीवनमा ठूलो सहारा बन्न सक्ने विश्वास व्यक्त गर्दै स्थानीय बासिन्दाले क्लबको यो मानवीय कदमको उच्च प्रशंसा गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ