नेपालले सार्वभौम शाख मुल्यांकनमा पहिलो पटकमै पायो सन्तोषजनक नतिजा

कञ्चन आवाज संवाददाता, मंसीर ७
नेपालले पहिलो पटक गराएको सार्वभौम शाख मुल्यांकनमा ‛बीबी माईनस’ रेटिङ्ग ग्रेड पाएको छ । यो मुल्यांकन लागि अन्तर्राष्ट्र्यि एजेन्सि ‛फिच क्रेडिट रेटिङ्ग’ ले गरेको हो । गत भदौ अन्तिम साता नेपाल आएको एजेन्सिको टोलीले यो रेटिङ्ग नेपालको विदेशी मुद्रा सञ्चिति बलियो भएको, आर्थिक गतिविधि सक्रिय बन्ने अवस्था देखिएकाले आर्थिक वृद्धिदर हुने अनुमानको आधारमा गरिएको भनिएको छ ।
छिमेकी मुलुक भारतभन्दा दुई स्थानले तल रहेको भएतापनि समग्र दक्षिण एसियाली मुलुकमा नेपालले पाएको नतिजा राम्रो मानिएको छ । लगानीको दृष्टिकोणबाट यो रेटिङ्ग खास उपयुक्त नभएपनि यसरी पहिलो पटकमै नतिजा यतिको आउनु राम्रो भएको जानकारहरुको विश्लेषण छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ