वात्सल्य विद्या निकेतनका छात्र विलक्षण पौडेल राष्ट्रिय स्क्र्याबल प्रतियोगिताका लागि छनौट

धनगढी / कञ्चनपुर।

चैतन्य पाठशाला धनगढीको आयोजनामा सम्पन्न कैलाली तथा कञ्चनपुर जिल्लास्तरीय स्क्र्याबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै वात्सल्य विद्या निकेतनका छात्र विलक्षण पौडेल राष्ट्रिय स्तरको प्रतियोगिताका लागि छनौट भएका छन्।

असोज ३ गते आयोजित उक्त प्रतियोगितामा दुई जिल्लाका २६ विद्यालयका ५२ जना उत्कृष्ट प्रतिस्पर्धीहरूको सहभागिता रहेको थियो। स्पेलिङसम्बन्धी बौद्धिक खेलको रूपमा परिचित यस प्रतिस्पर्धामा वात्सल्य विद्या निकेतनका छात्र विलक्षण पौडेलले सात खेलमध्ये छ खेलमा जित हासिल गर्दै कञ्चनपुर जिल्लातर्फ प्रथम तथा कैलाली र कञ्चनपुर संयुक्त रूपमा द्वितीय स्थान प्राप्त गर्न सफल भएका छन्।

सोही प्रतियोगितामा वात्सल्य विद्या निकेतनकै अर्का छात्र अनुराग बिष्टले पनि उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गरेका छन्। बिष्टले सात खेलमा पाँच खेलमा जित निकाल्दै कञ्चनपुर जिल्लातर्फ द्वितीय र संयुक्त रूपमा चतुर्थ स्थान प्राप्त गरेका थिए। उनी प्रतियोगितामा सर्वाधिक अंक ल्याउने विद्यार्थीको निकै नजिक पुग्न सफल भएका थिए

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ