बेलौरी: मेयरकप फुटबल प्रतियोगिताको उपाधि अरनिको युवा क्लबलाई

केशब भट्ट, २६ मंसिर, बेलौरी।

कञ्चनपुरको बेलौरीमा सम्पन्न क्षेत्र नम्बर १ स्तरीय खुला पुरुष मेयरकप फुटबल प्रतियोगिता-२०८१ को उपाधि पुनर्वास नगरपालिकाको अरनिको युवा क्लबले हात पारेको छ।

बुधबार दिउँसो बेलौरीको खुलामञ्चमा सम्पन्न फाइनल खेलमा बेलौरी फुटबल क्लबलाई ४-० गोलले पराजित गर्दै अरनिकोले उपाधि जितेको आयोजक बेलौरी नगर खेलकुद समिति अध्यक्ष रामेश्वर न्यौपानेले बताए।

प्रतियोगितामा उपाधि विजेता अरनिको युवा क्लबले १ लाख नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बेलौरी फुटबल क्लबले ६० हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो।

उपाधि विजेता र उपविजेता टिमलाई बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, सशस्त्र प्रहरी नायब उपरीक्षक सन्दीप अर्याल, प्रहरी निरीक्षक भाष्कर चन्दलगायतले पुरस्कार प्रदान गरेका थिए।

मङ्सिर १८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो। मङ्सिर ३० गतेबाट राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने जनाइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ