मीरा श्रेष्ठ, माघ १५

बेलौरी नगरपालीका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हिजाे साेमबार शहीद दिवस २०८१ को अवसरमा शहीद सप्ताह अन्तर्गत विद्यालय आधारभूत तह कक्षा १–५ स्तरीय नृत्य र कक्षा ६–८ स्तरीय नाटक प्रतियोगिता सम्पन्न भयाे ।

बेलौरी नगरपालीका उप–प्रमुख जोगराम चौधरी प्रमुख अतिथि तथा बेलौरी नगरपालीका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर ऐरी विशिष्ट अतिथिको रुपमा रहेको सो प्रतियोगतामा बेलौरी नगरपालीकाका २८ वटा विद्यालयबाट नृत्य तथा १५ वटा नाटक प्रस्तुत गरिएका थिए ।

नगरपालीकाको शिक्षा शाखाका लागि निमित्त शाखा प्रमुखको रुपमा रहेका अमित प्रसाद भट्टले प्रतियोगिताको आयोजना गर्नुको उद्धेश्य बताउदै भने, ‟यो कार्यक्रम राख्दा सबै आधारभूत तहका विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्न एउटा साझा मञ्च प्राप्त गर्ने छन् र अहिले हामी शहीद दिवसको सप्ताहमा रहेको हुदा पनि शहीदका योगदान तथा त्यागहरुको चर्चा गर्न विद्यार्थीहरु अभिप्रेरित होउन्, सामाजिक विकृतिको विरुद्ध आवाज उठाउन् र सामाजिक संस्कृति तथा मुल्यमान्यताको सम्मान गर्दै तिनको संरक्षण र प्रवर्द्धन गरुन् ।”

कार्यक्रमको औपचारिक उद्घाटनमा शुभकामना मन्तव्य राख्दै बेलौरी नगरपालीका उप–प्रमुखले अध्ययन अध्यापनका अतिरिक्त विद्यार्थीको सामाजिक, बौद्धिक विकासमा टेवा पुर्याउने किसिमका क्रियाकलापहरुमा सहभागी गराउनपर्छ भन्ने मान्यताका साथ कार्यक्रमको आयोजना गरेको बताए ।

त्यसैगरी बेलौरी नगरपालीका प्रमुख प्रशासकीय प्रमुख गणेश बहादुर ऐरीले यस्ता कार्यक्रमको आयोजना गर्न सकिए सांस्कृतिक चालचलन, रहनसहन, परम्परा आदिको जगेर्ना हुने र विद्यार्थीहरुको पनि बौद्धिक विकास हुने आशय व्यक्त गरे ।

दिउँसो १ बजे बाट सुरु भएको प्रतियोगिता साँझ अबेरसम्म चलेको थियो ।

कक्षा १–५ बीच भएको नृत्य प्रतियोगितामा क्रमश : प्रथम सिद्धार्थ बोर्डिङ् स्कुल, द्धितीय वात्सल्य विद्या निकेतन र तृतीय लिटिल गार्डन ईंग्लिस बोर्डिङ् स्कुल विजयी भएका थिए ।

कक्षा ६–८ बीचको नाटक प्रतियोगितामा प्रथम शान्ति मा.वि., द्धितीय वात्सल्य विद्या निकेतन र तृतीयमा लिटिल गार्डन ईंग्लिस बोर्डिङ् विजेता भएका थिए ।

शिक्षा शाखाका निमित्त प्रमुखले शिक्षा शाखाले समयसमयमा यस्ता कार्यक्रम गर्दै गरेको बताउदै साना विद्यार्थी भाईबहिनीहरुलाई पनि स्थानीय तहसम्म पहुँच गराउने उद्धेश्य रहेको बताए ।
फोटो फिचर :















