मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
बेलौरी बजारमा स्थित प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले आज ब्रह्मकुमारी विश्वविद्यालय केन्द्रका पूर्व प्रशासकिय प्रमुख गुल्जार दादीको पुन्य तिथिमा गुल्जार दादी तथा बेलौरी केन्द्रका पूर्व प्रमुख अमृता दादी द्धयको स्मृति दिवस आयोजना सम्पन्न गरेको छ ।

बिहान १० बजेदेखि १२ बजेसम्म दादीहरुको स्मृतिमा योग भट्टि चलेको थियो भने त्यसपछि द्धय दादीसँगका स्मरणीय क्षणबारे बेलौरीका प्रमुख ब्रह्मकुमारी पार्वती दिदिले बताउनुभयो ।
आफ्नो अवलोकन अनुसार विशेषत : एकान्तप्रिय स्वभावको गुल्जार दादी सबैलाई प्रेमिल दृष्टि दिने गर्नुहुन्थ्यो । यद्यपि विभिन्न अवसरमा ईश्वरीय परिवारसँग रमाईलो गर्न पनि उतिकै अग्रसर गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी आफ्नो अनुभवमा अमृता दादी एकदम साधारण जीवनशैलीको व्यक्तित्व रहेको उहाँले बताउनुभयो । प्राप्त वस्तुहरुको अधिकतम उपयोग गर्ने बानी आफुले अमृता दादीबाटै सिकेको समेत पार्वती दिदिले बताउनुभयो ।

योग भट्टि पश्चात् भोग प्रसाद वितरण गरिएको थियो

र,बेलौरी बजारको केन्द्रमा बेलौरी नगरपालिकाका विभिन्न वडाबाट सेवकहरुको उपस्थिती थियो ।

ब्रह्मकुमारी विश्वविद्यालयको अनुसार ब्रह्म बाबाले सम्पूर्णता हासील गर्नुभएपछि गुल्जार दादीको साकार तनमा प्रवेश गरि सन् १९६९ देखि सन् २०२१ सम्म लौकिक संसारमा प्रत्यक्ष रुपमा सेवा गर्नुभयो । तर, गुल्जार दादीले ९२ वर्षको आयुमा सुक्ष्म वतनमा प्रवेश गर्नुभएसँगै अहिले ब्रह्मकुमारी परिवारमा सन्देशिहरुमार्फत् शिव बाबाले अझै पनि संगम युग अवधिभर सम्पूर्ण मानिसलाई ज्ञानसँग प्रत्यक्षता गराउने कार्य गर्दै गर्नुभएको बताईन्छ ।






