धनगढी, चैत २२ । होटल पौवाले आफ्नो नवौँ स्थापना दिवसको अवसरमा विशेष स्वाद उत्सव आयोजना गर्ने घोषणा गरेको छ। चैत २५ देखि २९ गतेसम्म चल्ने यस उत्सवमा नेपाली संस्कृतिलाई झल्काउने मौलिक परिकारहरू अतिथिहरूलाई स्वाद चाख्न प्रस्तुत गरिनेछ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा होटल पौवाका धनगढी शाखा प्रमुख प्रबन्धक महेश सिंहले जानकारी दिँदै भने,
“यो उत्सव देशभर रहेका हाम्रो १८ वटा शाखामा एकैसाथ हुनेछ। ९ वर्ष अघि लुम्बिनीबाट सुरु भएको पौवाको यात्रा अहिले नेपाली स्वाद र संस्कृतिको प्रवर्द्धकको रूपमा फैलिएको छ।”
उत्सवमा सेल रोटी, बारा, बिरयानी, चिकन कराही, आलु टिक्का, मोमोज लगायत विविध नेपाली मौलिक परिकारहरूको स्वाद चखाउने व्यवस्था गरिएको छ।यस माध्यमबाट होटल पौवाले पाहुनाहरूप्रति सम्मान प्रकट गर्दै नेपाली रैथाने स्वादलाई नजिकबाट चिनाउने प्रयास गरेको जनाएको छ।

होटल पौवाले सबै नेपालीलाई यो अवसरमा सहभागिता जनाउन आग्रह गर्दै भनेको छ,
“पौवामा आइपुग्नुहोस्, रैथाने स्वाद र संस्कृति सँगसँगै अनुभूत गर्नुहोस्।”
कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपाली खानाको मौलिकता र पहिचानको प्रवर्द्धन गर्नु रहेको यस धनगढी शाखका प्रबन्धक महेश सिंहले जानकारी दिएका छन।






