सिद्धकेदारनाथ आविका अभिभावकहरु आन्दोलनमा उत्रिदै ,के हुन माग ?

सन्तोष पन्त, बेलौरी । बेलौरी नगरपालिकाले ‘विद्यालय समायोजन ,शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०८३ ‘ पेलेरै कार्यान्वयनमा लग्न थालेपछि बेलौरीको एक सामुदायिक विद्यालयका अभिभावक हरु आन्दोलनमा उत्रिने भएका छ्न ।बेलौरी नगरपालिका ९ सित्तडीफाटा स्थित रहेको सिद्धकेदार नाथ आधारभुत विद्यालयका अभिभावकहरु आन्दोलनमा उत्रीन लागेका हुन ।

शनिबार बसेको विद्यालयका १ सय भन्दा बढी अभिभावकहरुको भेलाबाट नगरपालिकामा गइ शान्ति पुर्ण रुपमा आन्दोलन गर्ने निर्णय गरिएको छ।  आन्दोलन कहिले गर्ने भन्ने समय मिती भने खुलाईएको छैन । शान्तीपुर्ण आन्दोलनका लागि धर्म सिंह ऐरीको संयोजकत्वमा १३ सदस्यिय संघर्ष समिती गठन गरिएको छ ।

विद्यालयका शिक्षक अभिभावकहरुको भेलाबाट साउन ४ मा कार्यविधी न्याय संगत रुपमा पुर्ण कार्यान्वयन ,दरबन्दी प्राप्तिको  सुनिश्चितता सम्बन्धमा नगरपालिकालाई ध्यानाकर्षण गराइएको थियो । तर पालिकाले माग सुनुवाइको सट्टा बल मिच्याइ गरि कार्यविधि कार्यान्वयन गर्न खोजेपछि अभिभावकहरु आन्दोलनमा उत्रीन बाध्य भएको संघर्ष समितीका संयोजक धर्म सिंह ऐरीले बताए । नगरपालिकाले कार्यान्वयन गर्न लागिएको कार्यविधिका केही प्रावधानहरुको विभेदकारी व्याख्या एवम् कार्यान्वयनले बन्दै गरेको विद्यालय पुन:धारासायी हुने अभिभावकहरुले आशङ्का गरेका छन ।

अहिले विद्यालयमा १ सय ९९ विद्यार्थी अध्ययन गरिरहेका छन । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा रहेका बेला यस विद्यालयको शिक्षा गुणस्तरीय भएका कारण विद्यार्थी संख्या बढिरहेको अभिभावकको भनाइ छ । विद्यार्थी अध्यापन गराउन विद्यालयमा  १ स्थायी ,३ राहत ,२ शिक्षण अनुदान ,४ निजी स्रोत १ अस्थायी र १ करार गरि १२ शिक्षक रहेका छन ।

अभिभावकहरुले कार्यविधीमा भएको व्यवस्था बमोजिम हुन आउने बाल बिकासका ४,प्रा वी (१-५) मा १ र नि मा वि(६-८) मा २ गरि ७ जना दरबन्दी विद्यालयले पाउनु पर्ने माग अघि सारेका छन । विद्यालयले ७ जना दरबन्दी पाए पालिकाबाट पठाइएका शिक्षक मध्ये वरिष्ठ शिक्षकलाई यथासिघ्र निमित्त प्रअ बनाइ पालिकाको निर्णय कार्यान्वयन गर्ने अभिभावकको भनाइ छ ।

त्यस्तै एक जना प्रअ को मात्र दरबन्दी पठाउने हो भने निजी शिक्षकको टिममा असर नपर्ने गरी निजी स्रोतका शिक्षकको तलबको ग्यारेन्टी गरिए कार्यविधी कार्यान्वयन गर्ने तर एउटा प्रअ मात्र पठाएर अरु केही नगर्ने भए हाम्रो विद्यालयलाई नचलाउन अभिभावकहरुले पालिकालाई आग्रह समेत गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ