बेलौरीमा भारी वर्षा: नदीतटीय र होचा भू-भागमा सतर्कता अपनाउन अनुरोध

बेलौरी, कञ्चनपुर।

कञ्चनपुरको बेलौरी क्षेत्रमा आज भारी वर्षा मापन गरिएको छ। बेलौरी नगरपालिका वडा नम्बर ४, शान्तिपुरस्थित वर्षा मापन केन्द्रको पछिल्लो रेकर्ड अनुसार यस क्षेत्रमा ८२ मिलिमिटर वर्षा भएको हो। जल तथा मौसम विज्ञान विभागको मापदण्ड अनुसार २४ घण्टामा ५० मिलिमिटर देखि १०० मिलिमिटर सम्मको वर्षालाई भारी वर्षाको श्रेणीमा राखिने गरिन्छ।

मौसम अझै पूर्ण रूपमा नखुलेकाले स्थानीय नदी, खोला तथा होचा भूभागहरूमा जलस्तर बढ्न सक्ने सम्भावना रहेको छ। वर्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सम्पूर्ण नगरवासीहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गरेको छ।

बेलौरी नगरपालिकाका विपत सम्पर्क व्यक्ति अशोक पाण्डेयका अनुसार अविरल वर्षाका कारण तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले पूर्वतयारी अपनाउन आवश्यक छ। उहाँले स्थानीय नागरिकहरूलाई मौसम सम्बन्धी थप अपडेटहरूमा ध्यान दिन र नदीतटीय क्षेत्रमा जथाभावी नजान समेत अनुरोध गर्नुभएको छ।

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना कायमै रहेको जनाएकाले आगामी केही घण्टा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ