बेलौरी नगरपालिका वडा नं ४ को आगामी आ.व. २०८२/०८३ को लागि टोल भेला आह्वान

मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर

केन्द्रिय सरकारले आगामी आर्थिक वर्ष (आ.व.) २०८२/०८३ को लागि कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रहने घोषणा गरेसँगै स्थानीय सरकारको आगामी आ.व.का लागि बेलौरी नगरपालिका वडा नं ४ ले आज एक सुचना जारी गर्दै टोल भेलाको आह्वान गरेको छ ।

टोल भेलामा सहभागी हुने स्थानीय जनता, बुद्धिजीवि, महिला तथा बालबालिका लगायत सरोकारवालावर्ग बाट प्राप्त सुझाव तथा सल्लाहको आधारमा योजनाहरु टिपोट गरि आगामी आर्थिक वर्षको लागि वडाले योजना तथा कार्यक्रमहरु ल्याउने लक्ष्य राखेको छ ।

सुचना अनुसार वडाले आगामी २१ गते शान्तिपुर शिव मन्दिर टोलका स्थानीयवासीलाई बिहान ठिक ९ बजे भेला हुन अनुरोध गरेको छ भने क्रमशः सोहि समय रहने गरि बुटावारी पुष्पलाल चोक टोललाई २२ गते, रिछाहा सावित्री जैशीको घर नजिक पिपल चोक टोलवासीको लागि २३ र वडा नं ४ को सभाहलमा २५ गते भेला हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ