सुदूरपश्चिम प्रदेशको २०८२/८३ बजेट सार्वजनिक : ३३ अर्ब ४७ करोडको विनियोजन

असार २, कञ्चनपुर।  सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल बजेट ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँ विनियोजन गरेको छ। यसमध्ये, चालू खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ४२ हजार (३०.४९ प्रतिशत), पुँजीगत खर्चतर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५ प्रतिशत) तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत ३ अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत) बजेट छुट्याइएको छ। वित्तीय व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ।

बजेट स्रोतको विवरण हेर्दा, आन्तरिक राजस्वबाट १ अर्ब ६५ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँडबाट ९ अर्ब ८७ करोड २५ लाख, संघीय रोयल्टी बाँडफाँडबाट ८ करोड, समानीकरण अनुदानबाट ८ अर्ब ९२ करोड ५६ लाख, तथा अन्य शीर्षकबाट प्राप्त रकम समावेश छ। अघिल्लो वर्षको बचत, सर्तसहितको अनुदान, विशेष अनुदानलगायत अन्य श्रोतसमेत बजेटमा समावेश गरिएको छ।

सुदूरपश्चिम प्रदेशका नीति तथा कार्यक्रम अनुसार, विकास निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार, रोजगारी तथा कृषि क्षेत्रमा बजेटको प्राथमिकता रहेको छ। प्रमुख योजनाहरुमा चालू र पुँजीगत दुवै तर्फका कार्यक्रमलाई सन्तुलन गरिएको छ।प्रदेश सरकारका अनुसार बजेट पारदर्शी, उत्तरदायी र कार्यान्वयनमुखी बनाउने प्रतिबद्धता जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ