छाउपडि प्रथाको नाममा गुमाईएका जिवन

मीरा श्रेष्ठ,
कृष्णपुर, कञ्चनपुर

छाउपडि प्रथा भन्ने बित्तिकै सुदूरपश्चिम प्रदेशको नाम पहिलो पंक्तिमा आउने गरेको छ । देशभर हरेक क्षेत्रमा छाउको फरक फरक रुप रहेपनि सुदूरपश्चिम प्रदेशमा भने छाउको कहालीलाग्दो विगविगि अझै पनि उस्तै छ ।

यस्तैमा आज पुन : हृदयविदारक घटना भएको छ । जिल्लाको कृष्णपुर नरपालिका वडा नं १ मा बसाेबास गर्ने २८ वर्षीया कमला दमाईले छाउ प्रथाकै कारण ज्यान गुमाउन परेको छ । रजस्वला भएको भनि गोठमा बस्ने क्रममा सर्पको टोकाईबाट उनको मृत्यु हुन पुग्यो ।

विवाहित कमलाका ३ स-साना नानीबाबु छन् । उनका श्रीमान भने रोजगारीको क्रममा भारतमै छन् । उनी पनि दुई महिना अघि जसो मात्रै भारतबाट फर्किएकि थिईन् । छिमेकिको अनुसार बसोबास गर्ने घर पक्कि भएतापनि रजस्वलाको बखत उनी गोठमा बस्ने गर्थिन् । तर यसपटकको बसाईले भने उनलाई घरमा फर्काएन ।

कमलाको मृत्युको खबरले नगरपालिकाले शोक व्यक्त गरेको छ । छाउपडि प्रथाको अन्त्यको लागि भरपुर जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको भएपनि पुनः छाउको कारण महिलाको मृत्यु हुन पुगेकोले मर्माहत बनाएको नगरप्रमुख हेमराज ओझाको भनाई छ । तसर्थ अब भने पालिकाले अलिक कडा नियम पालना गर्न गराउनको लागि १५ दिनभित्र छाउगोठहरु अनिवार्य भत्काउनपर्ने र कसैले विरोध जनाएको अवस्थामा रु. १० हजार जरिवाना तिराउने निर्णय भएको पालिकाले जनाएको छ ।

प्रदेशमा विशेषत : रजस्वला र सुत्केरि भएको अवस्थामा छाउपडी बार्ने अभ्यास छ । यस्तोमा मुलुकी अपराध संहिता २०७४ ले महिला रजस्वला र सुत्केरि भएको अवस्थामा छाउपडीमा राख्न नपाईने र सो कार्य गरेको अवस्थामा तीन महिना कैदको व्यवस्था गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ