आज नागपञ्चमी मनाईदै

मीरा श्रेष्ठ,

आज साउन शुक्ल पक्षको पञ्चमी तिथिमा पर्ने नागपञ्चमी रहेको हुँदा हिन्दूधर्मावलम्वीहरुले नागदेवताको पुजाआजा गरि नागपञ्चमी मनाईरहेका छन् ।

वैदिक दर्शनअनुसार १२ ओटा नागहरुको उल्लेख गरिएको छ । जसमा अनन्त, वासुकी, शेष, पद्यमाा, कम्बल, अश्भतारा, कालिया, कार कोटाका, धृतराष्ट्र, तक्षक, शङ्कपला, र पिङ्गला रहेका छन् । यिनै १२ नागहरुको पुजाआजा गर्ने तथा ब्राह्मणहरु घरघरमा गई दैलो तथा द्धारहरुमा ढोका माथि नागदेवताहरुको प्रतिमा टाँस्ने चलन रहेको छ ।

नागदेवताको प्रतिमा टास्नाले सालभरको लागि नागदेवताको संरक्षण पाईने जनविश्वास रहेको छ ।

 

विशेषगरि भगवान विष्णुको शेषनाग र महादेवको वासुकि नागको विशेष चर्चा भएको पाईन्छ ।

देवता र दानवबीच अमृत जल निकाल्न समुद्र मन्थन गरिएको बेलामा वासुकि नागले सहायता गरेको कथा छ भने भगवान श्री कृष्णको कारागरमा जन्म भएको समयमा उनका बुवाले यमुना नदि पार गरि सुरक्षित स्थानमा लैजाने समयमा शेषनागले नागले उनलाई संरक्षण दिएको कथन छ ।

साथै, स्वयम् संसारको परिपालक विष्णु भगवानलाई आफ्नो शिरमा राखेर बस्ने भएकाले हुँदा शेषनागलाई स्थीरता, सहनशीलता र सन्तुलनको प्रतिबिम्बको रुपमा पुजिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ