बेलौरी ब्रह्मकुमारी विश्वविद्यालयमा रक्षाबन्धन कार्यक्रम सम्पन्न

कञ्चन आवाज संवाददाता,

आज बेलौरी ब्रह्मकुमारी विश्वविद्यालयद्धारा रक्षाबन्धन कार्यक्रम आयोजना गरिएको हो । प्रत्येक वर्षझैँ बेलौरी शाखाले रक्षाबन्धनको दिनमा विशेष कार्यक्रम आयोजना गर्ने गरेकोमा यस वर्ष पनि शाखा परिवारका सदस्य तथा विशेष अतिथिहरुको उपस्थितिमा साँस्कृतिक प्रस्तुति सहित रक्षाबन्धन बाधेर भव्य रुपमा कार्यक्रम गरिएको हो ।

आज सभापतिको रुपमा शाखा प्रमुख वि.के. पार्वती दिदि, प्रमुख अतिथिको रुपमा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्ट, विशिष्ट अतिथिमा सामाजिक अभियन्ता तारा विष्ट र अतिथिहरुमा बेलौरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष टेक बहादुर साउँद, रामलिला समितिीका संयोजक दिनेश कुँवर र सनराईज बोर्डिङ्गका प्र.अ.नर्मदा रिजाल रहेका थिए ।

शाखा परिवारका सदस्य तथा बेलौरी नगरपालिकाका सब ईन्जिनियर हृदराज बजगाँईले जनैपूर्णिमा तथा रक्षाबन्धनको विशेष चर्चा गर्दै सनातनी धर्म अनुसार गुरु वृहस्पतिको विशेष आग्रहमा ब्रह्मदेवले तागाधारीहरुलाई शक्तिशाली ऊर्जा प्रदान गर्नको लागि जनैको सुरुवात गर्नुभएको र रक्षाबन्धन भने सुरहरुका लागि असुरबाट बच्न रक्षा कवचको रुपमा सिर्जना गर्नुभएको बताए । ब्रह्मकुमारी परिवारमा स्वयम् शिव बाबाका वाहक ब्रह्म बाबा मानिने हुनाले मनुष्यभित्र रहेका नकरात्मक तत्वका रुपमा रहेका काम, क्रोध, लोभ, मोह र ईष्र्याबाट मुक्त गराई प्रेम तथा भाईचाराको सत्मार्गमा लाग्न प्रेरित गर्ने विश्वास गरिन्छ । शिव बाबा आफैमा सकरात्मक ऊर्जा हुनुभएको हुनाले उहाँबाट व्यक्तिले सुकर्म मार्फत् चिन्तारहित जिवन र संरक्षण मिल्ने बजगाँईको तर्क थियो ।

सनराईज बोर्डिङ्गका प्र.अ.नर्मदा रिजालले रक्षाबन्धन तथा जनैपूर्णिमाको शुभकामना दिदै ईश्वरीय विश्वविद्यालयमा जोडिएको खण्डमा जीवन र समाज शान्तिपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

त्यस्तै ब्रह्मकुमारी परिवारका सदस्य मीरा श्रेष्ठले ब्रह्मकुमारी संस्थाले व्यक्तिलाई महिला र पुरुष नभई आत्माको दृष्टिले हेर्नुको अर्थ सबै व्यक्तिलाई उतिकै सम्मानको साथ समानताको दृष्टिकोणबाट हेर्ने बताईन् ।

त्यसैगरि रामलिला समितिका संयोजन दिनेश कुँवरले ब्रह्मकुमारी संस्थाप्रति आजको दिनबाट केहि झुकाउ पर्न गएको र संस्थाले युवावर्गमाझ सकरात्मक सोच विकास गर्न अझ थप भूमिका खेल्ने आशा व्यक्त गर्दै अब आयोजना हुने रामलिला कार्यक्रमलाई सफल बनाउन सबैलाई अनुरोध गरे ।

बेलौरी उद्योग वाणिज्य संघका पूर्व प्रमुख टेक बहादुर साउँदले बेलौरी शाखाले विगत तथा समयसमयमा समाजमा द्धन्द्ध तथा तनावको स्थिति रहँदा पनि समाजमा शान्तिको सन्देश फैलाउने कार्य गरेको र आजको दिनसम्म चन्दा उठाउने कार्य नगरिकन यहाँसम्म आईपुग्न सफल भएको र समुदायमा शान्तिको सन्देश फैलाउन उल्लेखनीय भूमिका खेलेको चर्चा गरे ।

 

विशिष्ट अतिथि तारा विष्टले शुभकामना दिदै पुन : समाजमा शान्ति र सकारात्मकता फैलाउन अहम् भूमिका खेलेकोमा ब्रह्मकुमारी विश्वविद्यालय बेलौरी शाखाको प्रशंसा गरे ।

त्यस्तै, कार्यक्रमा प्रमुख अतिथि दिवान सिंह विष्टले ब्रह्मकुमारी संस्थाले कार्यक्रममा बोलाई भाईचाराको सम्बन्ध प्रगाढ गरेको बताउदै समग्र बेलौरी समाजलाई आजको दिनको विशेष शुभकामना व्यक्त गरे ।

अन्तमा कार्यक्रमकि सभापति वि.के. पार्वती दिदिले संस्थाले सदैव प्रेम, शान्ति र सुअभ्यास गर्न र गराउनमा प्रयासरत गर्दै आएकोमा सम्पूर्ण बेलौरी समाजलाई परिवारमा जोडिन आग्रह  थियाे।

समुदायमा सकरात्मक सञ्चार प्रवाह गर्नको लागि सुरुवातमा स्वयम् शुद्धिकरण हुन आवश्यक रहेको समेत उनको तर्क थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ