स्थानीय सहभागितामा पुनर्वास–७ मा सडक र वातावरण सुधार अभियान

केशब भट्टराई, भाद्र १५। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७ को आयोजनामा सडक विस्तार तथा सरसफाई कार्यक्रम सुरु भएको छ। पुनर्वास ७ बुद्धबस्ती च गाउँका स्थानीयले सडक विस्तार तथा सरसफाई कार्यक्रम सुरु गरेका हुन् । यो कार्यक्रम भदौ १७ गतेसम्म सञ्चालन हुनेछ।

आफ्नो वडाभित्रको वातावरण र सडक पूर्वाधार सुधारको उद्देश्यले वडाबासीहरूको सहकार्यमा सामूहिक सरसफाइ अभियान आयोजना गरेको पुनर्वास-७ का वडाध्यक्ष मूलचन्द रानाले जानकारी दिनुभयो ।

यो अभियान सडक विस्तार र सौन्दर्यीकरणको हिस्साका रूपमा वरिपरिका झारपात फडानी तथा सरसफाई गर्न केन्द्रित रहेको उहाँले बताउनुभयो ।

सो अभियानमा स्थानीय बासिन्दा, युवा तथा वडाका जनप्रतिनिधि कर्मचारी लगायतको सहभागिता रहेको थियो । सडकको वरिपरिका झारपात सरसफाई, अतिक्रमण हटाउनुका साथै वडालाई सुन्दर बनाउने कामका लागि अभियान सञ्चालन गरिएको पुनर्वास ७ का वडा सदस्य केशव सार्कीले बताउनुभयो। सडक विस्तार तथा सरसफाई भएपछि यातायातका लागि सुरक्षित हुनुका साथै वडाभित्रको सौन्दर्यमा सुधार आउने उहाँले बताउनुभयो।

समुदायको सक्रिय सहभागिता बिना सफा र स्वस्थ वातावरण बनाउने काम असम्भव रहेको पुनर्वास नगरपालिकाले जनाएको छ । पुनर्वास ७ ले गरेको कामको प्रशंसा गर्दै नगर उपप्रमुख भुलिया कुमारी रानाले सडक विस्तार तथा सरसफाईमा अन्य वडाहरूमा पनि यस्ता खालका अभियान चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ