“अस्ति किन लुकेको? आज कति सारो भुकेको?”

अस्ति किन लुकेको?आज कति सारो भुकेको?रगत छैन सुकेको?अझ, तलाई छैन पुगेको?अझ, तलाई छैन दुखेको?

भ्रष्टेले फेरि टाउको उठायो,बालखाको, टाउकोमा गोली ठोकेर,सारा हत्यारा र भ्रष्टेलाई,कानुनले ठोक्नु पर्छ छोपेर!

हुन्न हुन्न साथी हो,भ्रष्टहरूको पार्टी, धर्म, जाती, थर,अब चिन्नु पर्छ, यिन्लाई,र दिनु पर्छ, डरै डर!

कति छिटो भुलेको?सारा जनताले थुकेको,लखेटेर चुटेको,घर तेरो फुकेको,मलाई था’छ, तलाई छैन पुगेको!

दुनियाँलाई मारेर, अझै पनि जिउँदो छस,अझै पनि खुशी हो,तर, कुरा पुरै बुझी राख,सुरु मात्रै भा’को छ,जनताले भन्या छैन, ‘पुगि गो’!

रस्सी तेरो जली सक्यो,बल अझै बाँकी छ,अझ धेरै भाँसीन,तेरो दलदल अझै बाँकी छ,हिसाब पूरा भा’ छैन,पर्खी, तेरो सजाय यसभन्दा माथी छ,त्यसैले तेरो फूर्फुर,हलचल अझ बाँकी छ!

अस्ति किन लुकेको?आज कति सारो भुकेको?रगत छैन सुकेको!अझ, तलाई छैन पुगेको!अझ, तलाई छैन दुखेको!

लक्ष्मण सिंह दियाल
प्रधानध्यापक, वात्सल्य विद्या निकेतन
बेलौरी, कञ्चनपुर

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ