बेलौरी, कञ्चनपुर।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ को आयोजनामा आगामी वैशाख १७ गतेदेखि नगर स्तरीय ‘प्रथम वडा अध्यक्ष ब्याडमिन्टन कप’ सञ्चालन हुने भएको छ। वडा कार्यालयले एक सूचना जारी गर्दै खेल प्रेमी तथा ब्याडमिन्टनका पारखीहरूलाई प्रतियोगितामा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको छ।
चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम अनुसार आयोजना हुन लागेको यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। इच्छुक खेलाडी तथा टिमहरूलाई समयमै आफ्नो नाम दर्ता गराई प्रतियोगिता सफल पार्न वडा कार्यालयले अनुरोध गरेको छ।
पुरस्कारको राशि तर्फ प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी, द्वितीय स्थान हासिल गर्नेले १० हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ पुरस्कार स्वरूप पाउने वडा कार्यालयले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टिमले आवेदन दस्तुर बापत १ हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ।






