मीरा श्रेष्ठ,
धनगढी, कञ्चनपुर
धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले सामाजिक सञ्जाल फेसबुक अकाउन्ट मार्फत् काठमाडौँमा भइरहेको जेन-जी को विरोध प्रदर्शनमा उप-महानगरपालिकाभित्र बसोबास गर्ने नागरिक घाइते भएको अवस्थामा धनगढी उप-महानगरपालिकाले उपचार खर्च व्यवस्था गर्ने बताएका छन्।

घाइते भएका व्यक्तिको उपचारका लागि सूचना दिन मोबाइल नम्बर समेत उपलब्ध गराउदै हमालले जेन-जीको विरोध प्रदर्शनलाई समर्थन गरेका छन्।





