केशव भट्ट। १७ माघ, बेलौरी। कञ्चनपुरमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लालझाडी गाउँपालिका-३ बस्ने पुन्ना राना रहेका छन्।
उनलाई लालझाडीस्थित उनकै घरबाट एक नाले भरुवा बन्दुक १ थानसहित बुधबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। प्रहरी निरीक्षक भास्कर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा बन्दुकसहित रानालाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





